१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देउवा सरकारविरुद्ध कांग्रेस नेता सिंहको अभिव्यक्ति- बोल्नै नपाउने गरी अंकुश लगाउन खोजियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:५७:oo

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बोल्नै नपाउने गरी सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्। सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोकले  काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उनले सरकारको कार्यशैलीले नागरिकस्तरमा आलोचना सुरु भएको बताएका हुन्।

नेता सिंहले सरकारलाई यसप्रति सचेत हुन आग्रहसमेत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले स्वतन्त्रताको वकालत गर्दै आएको कांग्रेस नेतृत्वको सरकारले यस्ता विषयमा सोचेर मात्रै कदम चाल्नुपर्ने बताए। त्यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिसमेत आपत्तिजनक भएको बताएका थिए। उनले भने, ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ। यसमा सरकार सच्चिनुपर्दछ ।’

ad
ad