१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २० बिहीबार १२:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४७:oo

संखुवासभाको मादी नगरपालिका– १ मा अज्ञात समूहले एकै परिवारका ६ जनाको हत्या गरेको छ।  सोमबार बिहान एकै परिवारका ६ जना हत्या भएको अवस्थामा स्थानीयले देखेपछि घटना सार्वजनिक भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । 

उनीहरूको हत्यामा धारिलो हतियार प्रयोग गरिएको छ। ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र पाँच वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको प्रजिअ पौडेलको बताए।

इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली केही समयअगाडि घटनास्थलमा पुगेको छ। घटनाको खबर प्राप्त भएपछि डिएसपी लालध्वज सुवेदीको नेतृत्वमा जिल्लाबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ लागेको प्रजिअ पौडेलले बताए। सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न करिब ६ घन्टा लाग्छ।

ad
ad