मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोबाट खसेको ढुंगा घरमा लाग्दा एक बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३८:oo

जाजरकोटको नलगाड नगरपालिका– ५ ढारसिर्केमा पहिरोबाट खसेको ढुंगा घरमा लाग्दा एक बालकको मृत्यु भएको छ। गएरातिदेखि भएको अविरल वर्षाका कारण पहिरोबाट खसेको ढुंगाले लाग्दा गोरखबहादुर खड्काका १० वर्षीय छोरा प्रचण्डको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ३ बजेतिर ढुंगा खसेर घरमा लागेको जनाइएको छ। घटनामा ४६ वर्षीय गोरखबहादुर र उनकी श्रीमती ३५ वर्षीया शिला खड्का घाइते भएका छन्। घाइते दुवैको उपचार भइरहेको छ।