१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी दर्ताविरुद्धको मुद्दामा दोस्रोपटक पेसी तोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दामा आज आइतबार सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले सुनुवाइका लागि  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलास तोकेको छ।

दल दर्ताविरुद्ध नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ।

मुद्दाको शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइ तोकिएका थियो। शुक्रबार बेञ्च बस्न नभ्याएका कारण सुनुवाइ स्थगित भएको थियो।