मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २० आइतबार o६:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आठ महिनामा ६६ हजारविदेशी पर्यटक भित्रिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार o६:४८:oo

सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अगस्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगस्ट महिनामा हवाईमार्ग भएर पाँच हजार नौ सय १७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् । 

अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा दुई सय ६५ मात्र पर्यटक आएका थिए । कोभिड–१९ अघि सन् २०१९ को अगस्टमा ९४ हजार सात सय ४९ पर्यटक नेपाल आएको तथ्यांक छ ।

कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको संख्या निराशाजनक देखिन्छ । बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकै बीच पनि झिनो संख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेको बताए ।

उनका अनुसार यो वर्षको जनवरी महिनामा आठ हजार आठ सय ७४, फेब्रुअरीमा नौ हजार एक सय ४६, मार्चमा १४ हजार नौ सय ७७, अप्रिलमा २२ हजार चार सय ५०, मेमा एक हजार चार सय ६८, जुनमा एक हजार एक सय ४३ र जुलाईमा दुई हजार नौ सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।