मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४४:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

साताको शेयर बजार : ४७ अर्ब ६७ करोड बढीको कारोबार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो। यस साता नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो। झण्डै तीन हजार ३०० बिन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० बिन्दुमा ओर्लिएको छ।

साताभर कुल २३० कम्पनीका आठ करोड ३२ लाख ९० हजार ८६४ कित्ता शेयर ४७ अर्ब ६७ करोड ८७ लाख ११ हजार ८९ रुपैयाँमा खरिदबिक्री भए। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाएपछि बजारमा त्यसले प्रभाव पारेको अनुमान गरिएको छ।

यस साता चार दिन शेयर कारोबार भयो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो दिन निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत उपसमूहको शेयर मूल्य उच्च अंकले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो।

त्यस दिन नेप्से ४९.१८ बिन्दुले ओरालो लागेर तीन हजार ४४.८६ बिन्दुमा सीमित भयो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५७ बिन्दुले घटेर ५६२.८८ मा ओर्लियो। कूल २२७ कम्पनीको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार भएका कूल १३ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भयो। आइतबारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ५४ अर्ब ३२ करोड १९ लाख दुई हजार ८४६ रुपैयाँ बराबर कायम भयो। कारोबारका आधारमा त्यसदिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ रुपैयाँ बराबरको कारोबार भयो। त्यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।

साताको तेस्रो दिन मंगलबार शेयर बजारमा उच्च अंकको पहिरो लाग्दा नेप्से र कारोबार रकम दुबै घटे। जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अंकले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आयो। लगातार करेक्सन देखिन थालेको शेयर बजारमा देखिएको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो। झन्डै तीन हजार ३०० बिन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को बिन्दुमा ओर्लियो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ६९.०५ बिन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लियो।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ बिन्दुले घटेर ५५०.५२ मा ओर्लियो। कुल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर १३ अर्ब २५ करोड ९६ लाख ९६  हजार १०७ रुपैयाँमा खरिदबिक्री भए। कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ। मंगलबारको कारोबारपछि बजार पूँजीकरणसमेत ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजार रुपैयाँको हाराहारीमा ओर्लियो। कारोबार भएकामध्ये अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ रुपैयाँ बराबरको देखियो।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले सुधार भयो। त्यसदिन नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा  पुग्यो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ बिन्दुले बढेर ५५०.६९ मा पुग्यो। कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँमा कारोबार भयो। नेप्सेमा सोमबार र मंगबार मात्रै झन्डै १२० अंकको गिरावट भएको थियो।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर ओरालो लाग्यो। बैंकिङ ७.८९, होटेल तथा पर्यटन १३०.४३, जीवन बीमा ७४.५९ र लगानी ०.०१ बिन्दुले उकालो लाग्यो। कारोबारका आधारमा त्यसदिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही ५९ करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भयो। बुधबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ रुपैयाँ बराबर पुग्यो।

बिहीबार नेप्सेमा पुनः उच्च अंकको गिरावट देखियो। त्यस दिन नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लियो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ। नेप्से ओरोलो लागेसँगै कारोबार रकमसमेत ओरालो लाग्यो।  २३० कम्पनीक एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँमा खरिद बिक्री भए।

यसदिन कारोबार भएका १३ उपसमूहकै शेयर ओरालो लाग्यो। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५७ करोड ४० लाख १२ हजार २९१ रुपैयाँ बराबरको कारोबार भयो। शेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पूँजीकरण ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ रुपैयाँ बराबर पुग्यो। रासस