१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ भदौ १८ शुक्रबार २०:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोमा पुरिएर एक र खोलाले बगाएर एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ भदौ १८ शुक्रबार २०:१२:००

पहिरोमा परी एक र खोलाले बगाएर एक गरी कास्कीमा शनिबार दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– २० भलाममा गएको पहिरोमा परी बिहीबारदेखि बेपत्ता ३ वर्षीय सन्तोष श्रेष्ठलाई उद्धारमा खटिएको सुरक्षाकर्मीसहितको टोलीले शुक्रबार मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । 

यसअघि बिहीबार सन्तोषका बुबा ४५ वर्षीय कृष्ण र आमा ३५ वर्षीया सुनमायाको पहिरोमा परी मृत्यु भएको थियो । सन्तोषका नाै वर्षीय दाजु राजकुमार भने पहिरोका कारण घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेको उनको अवस्था मध्यम  छ ।

यसैगरी पोखरा महानगरपालिका– ३२ खुदीखोला (बेगनास तालबाट आएको पानी) ले बगाउँदा स्थानीय  ६० वर्षीय रमेश मगरको मृत्यु भएको छ । खोला तरी गगनगौँडातर्फ जाने क्रममा उनलाई खोलाले बगाएको थियो । खोलाले करिब ३० मिटर तल बगाई रूखमा अड्किएको अवस्थामा स्थानीयले देखपछि उद्धार गरी उपचारका लागि अस्पताल लगेका थिए ।

उपचारका लागि शिशुवा अस्पताल पुर्‍याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हमालले जानकारी दिए । प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।