१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format ११:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्वतमा पहिराेले पुरिएर पाँचजनाको मृत्यु, तीन बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१७:oo

पर्वतका विभिन्न स्थानमा पहिराले पुरिँदा पाँचजनाको मृत्यु भएको छ भने तीनजना पुरिएर बेपत्ता भएका छन्। गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका– ३ दुर्लुङमा पाँचजना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्।

पहिराेमा पुरिएका एकै घरका पाँचजनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ। घरका अन्य तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।

यस्तै, कुश्मा नगरपालिका– ११ पकुवामा पहिराेमा पुरिएका ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। यस्तै, मोदी गाउँपालिका– ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठूलीमाया थापाको मृत्यु भएको छ। जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ।