मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ १७ बिहीबार १०:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डका अध्यक्ष  भीष्मराज ढुंगाना निलम्बनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ १७ बिहीबार १०:३०:००

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बित भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो ।

बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा सेयर बेच्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा ११ हजार नौ सय १२ कित्ता सेयर खरिद गरेका थिए । ढुंगानाका अन्य नातेदारको नाममा पनि सेयर खरिद भएको खुलेको थियो । 

धितोपत्र बोर्डका अध्यक्षको छानबिन न्यायिक समितिबाट हुनुपर्ने व्यवस्थाअनुसार मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।

अर्थ मन्त्रालयले समेत यसअघि छानबिन समिति बनाएर अध्ययन गरिरहेको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा जोडिएका नेप्सेका पूर्वप्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने यसअघि नै राजीनामा दिइसकेका छन् । साउदले श्रीमती सुशीलाकुमारी बोहोराको नामबाट सर्वोत्तमको सेयर खरिद गरेका थिए ।

साउदले पदमा आसीन भएको अवस्थामा कम्पनी नै खोलेर दोस्रो बजारमा कारोबार गर्ने गरेको तथ्य पनि नयाँ पत्रिकाले सार्वजनिक गरेको थियो । उनले श्रीमती बोहोरा सञ्चालक रहने गरी लगानी कम्पनीमार्फत दोस्रो बजारमा सक्रिय रूपमै सेयर कारोबार गरिरहेको पाइएको थियो ।