मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १६ बुधबार
  • Thursday, 10 July, 2025
२o७८ भदौ १६ बुधबार o६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रमाले रोजिन् नेकपा एकीकृत समाजवादी, लुम्बिनी सभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १६ बुधबार o६:१५:oo

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले सांसद रमा घर्तीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी छिन् । लुम्बिनी प्रदेश सभा पाल्पाकी सांसद घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन् । 

आयोगका प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईको रोहवरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ । भट्टराईले एकजना सांसदले समाजवादी रोजेको बताए ।  घर्तीले समाजवादी रोजेसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ ।

८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ ।