१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापनइतर पक्ष छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:३४:oo

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १४औँ महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएकाे छ। यसै क्रममा मंगलबार संस्थापनइतर पक्षका नेताहरू छलफलमा जुटेका छन्।

बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलनिवास बोहाेराटारमा बसिरहेको पौडेलपक्षीय एक केन्द्रीय सदस्यले नयाँ पत्रिकालाई जानकारी दिए । जारी बैठकमा सभापतिमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको ती सदस्यले जानकारी दिएका छन्।

‘सभापतिको आकांक्षी धेरै देखिनुभएको छ, सहमतिमा नै उम्मेदवार तय गर्नेबारे छलफल भइरहेको छ,’ उनले भने, ‘तल्लो तहको अधिवेशन सुरु हुनुपूर्व नै उम्मेदवार तय गर्ने विषयमा छलफल केन्द्रित छ।’  बैठकमा सहभागी केन्द्रीय सदस्य बलबहादुर केसीले बैठक जारी रहेको पुष्टि गरे। तर, बैठकका विषय र स्थानबारे भने बैठक सकिएपछि मात्र सार्वजनिक गरिने उनले बताए।

ad
ad