१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२७:oo

जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकूलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ।  सोमबार बसेको बैठकले कोभिडको संक्रमण घट्दै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न  दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

उनले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनुपर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको जानकारी दिए। जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र अवस्था हेरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहजीकरण गराउनेछ।

गाउँपालिकाले विद्यालय खुलाउँदा अवस्था हेरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनाका साथै त्यसैअनुरूपको वातावरण तयार गराउनुपर्ने कोभिड– १९ व्यवस्थापन केन्द्रका संयोजक आचार्यले बताए। यी गाउँपालिकामा एक सय ३७ सामुदायिक विद्यालय र केही निजी विद्यालय छन्।

यसअघि ताँजाकोट गाउँपालिकाका सबै विद्यालय र नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका दुई गाउँमा भने कोरोनाको जोखिममा  पनि विद्यालयहरू सञ्चालन हुँदै आएका  थिए। रासस