मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १५ मंगलबार ११:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार ११:oo:oo

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता भएका छन्। गएराति अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएसँगै २० वर्षे अमेरिका–तालिवान युद्ध समाप्त भएको छ।

तालिवानसँग भएको सम्झौताअनुसार अमेरिकाले अगस्ट ३१ सम्म सबै सेना फिर्ता गर्ने सहमति भएको थियो। सहमतिअनुसार अमेरिकी सेनाले तोकिएको २४ घन्टा पहिले नै अफगानिस्तान छाडेको हो।

अमेरिकाको अन्तिम सैन्य विमानले काबुल विमानस्थल छाडेसँगै तालिवानले आकाशमा गोलाबारी गरेर खुसियाली मनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ‘अन्ततः अमेरिका फिर्ता भयो। युद्ध समाप्त भयो,’ काबुलस्थित तालिवानका प्रवक्ता अमानुल्ला वासिकले आफ्नो ट्विटरमा लेखेका छन्, ‘काबुलका मानिसहरू नडराउनुहोस्। यो गोली हावामा हानिएको हो। मुजाहिद्दिन स्वतन्त्रताको खुसी मनाइरहेको छ।’

सेना फिर्तीसँगै अब अमेरिकाले अफगानिस्तानसँगको कूटनीतिक कार्य कतारको राजधानी दोहाबाट गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन्।