१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी
२o८१ बैशाख २१ शुक्रबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

न्युजिल्यान्डमा फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु, देखियो दुर्लभ साइडइफेक्ट

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४९:oo

न्युजिल्यान्डमा कोरोना भाइरसविरुद्ध फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु भएको छ। एक स्वतन्त्र खोप सुरक्षा निगरानी बोर्डले महिलाको मृत्यु मायोकार्डिटिसका कारण भएको हुन सक्ने बिबिसीले जनाएको छ। मायोकार्डिटिस एक स्वास्थ्य जटिलता हो जसले मानिसको मुटुको मांसपेशीको जलन गराउँछ।

युरोपेली औषधि एजेन्सीले मायोकार्डिटिसलाई फाइजर र मोडर्ना खोप लगाउँदा हुने अति दुर्लभ साइडइफेक्ट बताएका छन्। यस्तो साइडइफेक्ट देखिने सम्भावना युवायुवतीमा बढी रहेको बताइएको छ। यद्यपि, खोपको असरभन्दा लाभ धेरै भएको एजेन्सीले उल्लेख गरेको छ।

मृत्युको वास्तविक कारण पत्ता नलागे पनि कोभिड– १९ खोपको स्वतन्त्र सुरक्षा निगरानी बोर्डले भने खोपका कारण मायोकार्डिटिस भएको हुन सक्ने आकलन गरेको छ। मृत्यु भएकी महिलामा अन्य स्वास्थ्य समस्याहरूसमेत रहेकाले पनि यस्तो दुष्प्रभाव देखिएको हुन सक्ने बताइएको छ।

न्युजिल्यान्डमा मायोकार्डिटिस देखिएको यो पहिलो घटना हो। यसअघि बेलायतमा एक सय ९५ जनामा यो समस्या देखिएको थियो।

ad
ad