१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सडकमाथिबाट खसेको ढुंगाले लाग्दा मोटरसाइकल चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:३३:oo

काभ्रेको रोशी गाउँपालिका–७ कटुञ्जेस्थित बिपी राजमार्गमा सडक माथीबाट खसेको ढुङ्गाले किच्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकल चालक महोत्तरीको रामगोपालपुर घर भएका २८ वर्षीय सरोज कुमार साहको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडी सवार धनुषाको रामानन्दचोक घर भएका ३० वर्षीय सतिस कुमार साह घाइते भएका छन्। उनको पेट र अनुहारमा चोट लागेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले जानकारी दिए।

ad
ad