१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १३:२६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुल हमलाका योजनाकार अमेरिकी ड्रोन आक्रमणमा मारिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामिक स्टेट खोरसान (आइएस–के) समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। ड्रोनको प्रयोग गरी नानगहार प्रान्तमा गरिएको कारबाहीका क्रममा काबुलमा भएको आक्रमणका योजनाकारको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ।

यसअघि अमेरिकी सैनिकहरूले काबुल विमानस्थलमा सुरक्षा दिइरहेका समयमा बिहीबार विमानस्थलनजिकै १७० जनाको ज्यान लिने गरी उक्त समूहले आक्रमण गरेको थियो । विमानस्थलबाहिर उद्धारको पर्खाइमा रहेका महिला, पुरुष र बालबालिकाको भिडमा सो समूहले आत्मघाती विस्फोटन गराएको थियो।

यसैबीच काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणको सम्भावनालाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रभन्दा परै बस्न चेतावनी दिएका छन् । वरिष्ठ तालिवान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जानेबित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन् । अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।

अमेरिकाले नानगहारमा गरिएको ड्रोन आक्रमणबारे प्राप्त ‘प्रारम्भिक संकेतहरूले’ इस्लामिक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएको केही घन्टापछि उक्त कारबाही गरिएको हो । इस्लामिक स्टेट समूहको एउटा सानो संगठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूह हो । रासस