१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ४ शुक्रबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परे  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:३३:oo

प्रदेश १ को भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कमा श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परेका छन् । भोजपुर प्रहरीलाई उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी गराए अनुसार शनिबार  राती साढे १ बजे खुकुरी प्रहार गरि २८ वर्षीया श्रीमती इन्द्रकला राईको हत्या गर्ने ४० वर्षीय बुद्धिमान राई घर नजिकै मृत फेला परेका हुन् । 

राती सँगै सुतेकी  श्रीमतीको हत्या गरेर घर बाहिर निस्केका श्रीमान बुद्धिमान   ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासोमा मृत फेला परेका थिए ।  आमालाई खुकुरी प्रहार गरेर हत्या गरेको देखेका ८ वर्षीय छोराले घटनाबारे  छिमेकीलाई खबर गरेका थिए । छिमेकी घटनास्थल पुग्दा दुबै जना मृत फेला परेका थिए । त्यसपछि  छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनाको  इलाका प्रहरी कार्यालय साङपाङ र तिवारीभंज्याङबाट खटिएको  टोलीले अनुसन्धान गरिरहेको छ ।   
 

ad
ad