१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बिक्री गरियो पोखराकाे मणिपाल शिक्षण अस्पताल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o१:oo

मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) लि.ले पोखरामा सञ्चालन गरेको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले अस्पतालको स्वामित्व लिएका छन् । पौडेलले शुक्रबार अस्पताल खरिद–बिक्री सम्झौता गरेको बताए । बतासको ६० प्रतिशत र आफ्नो ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेको उनले बताए । 

नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) लि.बीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियोे । सम्झौता भएको मितिले ४९ वर्षपछि भाडामा लिएको जग्गामा बनेका संरचना नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी २०५१ सालमा सञ्चालन गरेको अस्पताल मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो । 

सम्झौता भएको दुई वर्षपछि मेडिकल कलेजका रूपमा एमबिबिएस सुरु गरेको थियो । अहिले यस अस्पतालमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा सञ्चालनमा छन् । अस्पतालले एमबिबिएस अध्ययनका लागि वार्षिक एक सय विद्यार्थी भर्ना गर्न अनुमति पाएको छ । नेपालमै पहिलोपटक निजी क्षेत्रको लगानीमा स्थापना भएको मणिपाल मेडिकल कलेज अस्पतालमा सात सय ५० बेड सञ्चालनमा छन् । 

मेडिकल कलेज सञ्चालन गर्न लगानीकर्ता बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सहमति भएको छ । अस्पतालमा अहिले नौ सय कर्मचारी छन् । पश्चिमका मानिस मेडिकल साइन्स पढ्न काठमाडौं वा अन्यत्र जान नपरोस् भनेर मेडिकल कलेजमा लगानी गरेको पौडेलले बताए । आफूहरूले स्वामित्व लिएपछि अस्पतालमा न्युरो र मुटुको उपचारमा विशेष ध्यान दिने बताए ।

अस्पतालले सरकारलाई करिब एक अर्ब कर तिर्न बाँकी रहेको अटोवेज ग्रुपका अध्यक्ष पौडेलले बताए । सरकारलाई तिर्नुपर्ने करको दायित्व पनि आफूहरूले नै लिएको उनको भनाइ छ । ‘अस्पतालको ऋण छैन, करिब एक अर्ब करको दायित्व छ,’ उनले भने, ‘त्यो दायित्व हामीले नै ग्रहण गर्छौँ,’ पौडेलले भने । 

ad
ad