१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

को हुन् काबुलमा आक्रमण  गर्ने ‘आइएस–के’ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:३६:oo

अफगानिस्तानको काबुल विमानस्थलनजिक बिहीबार राति भएको आतंकवादी हमलामा परी हालसम्म कम्तीमा ९० जनाको मृत्यु भइसकेको छ भने एक सय ५० भन्दा बढी घाइते भएका छन्। आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासन (आइएस–के)ले लिएको छ।

अमेरिका र बेलायतले विमानस्थलमा आतंकवादी हमला हुन सक्ने चेतावनी दिएको केही दिनमा नै यो हमला भएको हो। यसअघि अमेरिका र बेलायतसहित अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्डलगायतका देशहरूले काबुल विमानस्थल हमलाको उच्च जोखिममा रहेको प्रतिक्रिया दिएका थिए।

के हो आइएस–के ?
आइएस–के समूहलाई अफगानिस्तानमा रहेका जिहादी आतंकवादी समूहहरूमध्ये सबैभन्दा बढी खतरनाक र हिंस्रक समूह मानिन्छ। अफगानिस्तान र पाकिस्तानमा सक्रिय यो समूहले आफूलाई इस्लामिक स्टेट (आइएस)को क्षेत्रीय सहयोगी बताउँदै आएको छ। यो समूहले पछिल्ला वर्षहरूमा ठूलाठूला हमलाहरू गराउँदै आएको छ।

विशेषगरी छात्राहरू अध्ययन गर्ने विद्यालयहरू र अस्पतालहरूमा यो समूहले आक्रमण गर्दै आएको छ। यो समूहले गर्भवती महिला, शिशुहरू र नर्सहरूलाई लक्षित गर्दै प्रसूति वार्डमा समेत आक्रमण गरेको थियो। यो समूह आइएसको विश्वव्यापी सञ्जालको एउटा हिस्सा हो। आइएसको विश्वव्यापी सञ्जालले पश्चिमा मिसनमा रहेका अधिकारीहरूलाई जहाँ भट्यो त्यहीँ आक्रमण गर्ने गरेको छ।

आइएस–के समूहले हकानी नेटवर्कको माध्यमबाट तालिवानसँग सम्बन्ध स्थापित गरेको थियो। हकानी नेटवर्क तालिवानसम्बद्ध एक संगठन हो।  पछिल्लो समय तालिवान र आइएस–के समूहबीच ठूलो मतभेद छ। तालिवानले शान्ति सम्झौताका नाममा जिहाद र युद्ध मैदान छाडेको आइएस–के ले आरोप लगाउँदै आएको छ।
आगामी दिनमा तालिवानका लागि यो समूह मुख्य सुरक्षा चुनौतीका रूपमा आउने अनुमान गरिएको छ। बिबिसीबाट

ad
ad