१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका महोत्तरी
२o८१ जेठ ५ शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रातो तटबन्ध टुटेपछि रौजा र तिलगढ डुबानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५१:oo

महोत्तरीको रातु नदीले बल्वा नगरपालिका–४ को तिलगढ र वडा नम्बर ११ को रौजामा तटबन्ध कटान गर्दा बस्ती डुबानमा परेको छ । तटबन्ध कटानका कारण नगरपालिकाको तिलगढ र रौजा मजारलगायत आसपासका बस्ती डुबानमा परेको हो।

बस्ती डुबानमा पसिसके पनि उद्धारका लागि आवश्यक पहल नभएको स्थानीय लक्ष्मण मण्डलले बताए । हालसम्म उद्धारका लागि थोरै संख्यामा प्रहरी मात्र पुगेका छन्। प्रहरीको एउटा टोली बस्तीमै पुगेर बचाउका लागि प्रयास गरिरहेको छ । तिलगढका केही घरमा अत्यधिक पानीको बहावका कारण घरभित्र रहेकाहरूको उद्धार गर्ने प्रयास सफल हुन सकेको छैन ।

उद्धारका लागि नेपाली सेना तथा अन्य सुरक्षा निकायको टोली पनि पठाउन लागिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन् । रातोले तिलगढका तीन ठाउँमा गरी करिब एकसय ५० मिटर लम्बाइको तटबन्ध तोडेको बताइएको छ।

ad
ad