१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o८:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणगढ-मुग्लिन सडक अवरुद्ध    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३६:oo

पहिराेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएकाे छ । अविरलको वर्षाका कारण भरतपुर-२९ को सेतिदोभान र पाँचकिलो भन्ने स्थानमा ठूलो पहिरो खस्दा दुईतर्फि सडक बन्द भएको ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार १४ किलो भन्ने ठाउँमा सडक समेत भासिएको छ । हिजो साँझ देखि नै अबरुद्ध भएकाे सडक अहिले डोजर र जेसिबीको प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवान राज थापाले लगातार वर्षा भएका कारण अवरोध हटाउने कार्य समेत प्रभावित भएको बताए । उनले  नारायणगढ-मुग्लिन सडक खण्डको जानकारी लिएर मात्र यात्रा गर्न समेत अनुरोध गरेका छन् ।