Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ ९ बुधबार १०:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस जिल्ला सभापति आजदेखि  रिले अनशनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ ९ बुधबार १०:५४:००

नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरू आजबाट रिले अनशनमा बस्ने भएका छन् । नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बस्नेछन्  ।

प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने मागसहित आफूहरू अनशनमा बस्नुपरेको नुवाकोट जिल्ला सभापति  केसीले जानकारी दिए । 

क्रियाशील सदस्यता तहगत निर्णय गरिएको सूचीका त्रुटि–कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रूप प्रदान गर्न पनि उनीहरूले माग गरेका छन् । त्यस्तै, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने जिल्ला सभापतिहरूको माग छ ।