१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रौतहट घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:o५:oo

षड्यन्त्रपूर्ण ढंगले पत्रकारलाई पक्राउ गरिएको घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाह मुछिएपछि प्रहरी प्रधान कार्यालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रधान कार्यालयस्थित उजुरी शाखामा कार्यरत एसएसपी कृष्णकुमार महताेको नेतृत्वमा समिति गठन गरिएको हो । 

समितिमा एसएसपी महताेसहित चार सदस्य रहेका छन् । प्रधान कार्यालयका  केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले रौतहट घटना छानबिनका लागि उच्चस्तरीय टोली गठन भएको बताए ।  

उनले भने, ‘घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने भयो । त्यसो हुँदा हामीले उच्चस्तरीय छानबिन समिति गठन गरेका छौँ । समितिले काम सुरु गरिसकेको छ । समितिले दिएको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही अघि बढाउँछौँ ।’

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी शाहमाथि पनि अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई तत्काल जिम्मेवारीबाट मुक्त गर्न नवगठित समितिले प्रधान कार्यालयलाई सुझाब दिइसकेको छ । सोही सुझाबका आधारमा एसपी शाहलाई जिप्रका रौतहट प्रमुखको जिम्मेवारीबाट हटाउने तयारी प्रधान कार्यालयले गरेको छ । 

प्रवक्ता एसएसपी कुँवरले भने, ‘समितिले अध्यययन गर्छ । यसका लागि कसैलाई जिम्मेवारीबाट हटाउनुपर्ने पनि हुन सक्छ । यसतर्फ हामीले सोचिरहेका छौँ । समितिले के सुझाब दिन्छ त्यसैका आधारमा काम अघि बढ्छ ।’

प्रहरीकै मिलेमतोमा लागुऔषध प्रयोग गरी चार दिनअघि रौतहटका स्थानीय पत्रकार मोजिबुल्लाहलाई प्रहरीले पक्राउ गरेको थियो । घटनामा संलग्न जिप्रका रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साह यसअघि नै निलम्बनमा परेका छन् ।

ad
ad