Skip This
ad
रोशी गाउँपालिकाको केन्द्र सार्न लागेकोमा विवाद 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौैं
२o८१ बैशाख २५ मंगलबार २o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रोशी गाउँपालिकाको केन्द्र सार्न लागेकोमा विवाद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २o:२२:oo

गाउँपालिकाको केन्द्र सार्ने रोशी गाउँपालिकाको निर्णय विवादमा परेको छ । कानुन मिचेर केन्द्र सार्न लागिएको भन्दै स्थानीयले अदालतमा मुद्दा दायर गरेका छन् । 

हाल गाउँपालिकाको केन्द्र वडा नम्बर ७ स्थित कटुञ्जेबेंसीमा छ । त्यहाँबाट चारसयबेंसीमा अस्थायी संरचना भएर गाउँपालिकाको कार्यालय सार्न लागिएको छ । यसरी प्रशासकीय केन्द्र सार्न गाउँसभाबाट निर्णय भई नेपाल सरकारको मन्त्रिपरिषदबाट समेत निर्णय हुनुपर्ने कानुनी व्यवस्था छ । तर, गाउँको कार्यपालिकाबाट मात्र निर्णय भएको भन्दै केही जनप्रतिनिधिले नै यसको विरोध गरेका छन् । त्यसविरुद्ध सर्वोच्च पाटनमा मुद्दा परेको छ । 

हाल सो विषयमा केही स्थानीयले मुद्दा दायर गरेकाले अदालतले जे आदेश दिन्छ आफूहरू त्यहीअनुसार अघि बढ्ने गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी उप्रेती बताउँछिन् । कटुञ्जेबेंसीमा जग्गा प्राप्तिमा ढिलाइ हुँदा अन्यत्र कार्यालय बनाउने निर्णय भएको उनको भनाइ छ । 

स्थानीयले कटुञ्जबेंसीमै नौ रोपनी जग्गा गाउँपालिकाकालाई दिएर पास गर्न आग्रह गरे पनि त्यसलाई आलटाल गरेको स्थानीयले बताएका छन् ।  तर, स्थानीय भने गाउँपालिका अध्यक्ष डिबी लामाले आफ्नो जग्गानजिकै केन्द्र सार्न लागेको बताउँछन् । हाल बिपी राजमार्गसँगै कार्यालय रहेकोमा सडकबाट करिब १० मिनेटको दूरीमा प्रशासकीय भवन सार्न लागिएको छ ।

ad
ad