१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
शान्ता कमली लमजुङ
२o८१ जेठ ५ शनिबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नियमित सडक सञ्चालन गर्न दोर्दीमा ‘सडक हेरालु’को व्यवस्था

Read Time : < 1 मिनेट
शान्ता कमली लमजुङ
नयाँ पत्रिका लमजुङ
२o८१ जेठ ५ शनिबार ११:o५:oo

लमजुङको दोर्दी गाउँपालिकाले बर्खायाममा नियमित सडक सञ्चालन गर्न सडक हेरालुको व्यवस्था गरेको छ। बाढीपहिरोले क्षतविक्षत बनाएको सडक सुचारु गर्न गाउँपालिकाले सडक हेरालुको व्यवस्था गरेको हो।

दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बाटो हेरालुलाई खटाएर गाउँपालिकाभित्रका सबै मुख्य सडक तथा शाखा सडक सहज रूपमा सञ्चालन गरिने बताए। सबै वडाबाट सिफारिस भएर आएका  १८ युवालाई छनोट गरी भदौ १ गतेदेखि काममा खटाइएको अध्यक्ष गुरुङले बताए। उनका अनुसार ‘सडक हेरालु’ले नाला सरसफाइ, सडकका खाल्डाखुल्डी पुर्नुका साथै सडकमा रहेका पानी कटाएर सडक सञ्चालनमा सहयोगी भूमिका खेल्नेछन्। अध्यक्ष गुरुङले भने, ‘पानी पर्नेबित्तिकै सडक हिलाम्मे हुँदा बर्खामा गाडी सञ्चालनमा आउँदैन। यसैलाई मध्यनजर गरी तीन महिनाका लागि हेरालु राखिएको हो।’

सडक हेरचाह तथा मर्मतका लागि गाउँपालिकाका नौवटै वडाबाट दुई–दुईजनालाई नियुक्त गरिएको छ।  भदौ, असोज र कात्तिक महिनासम्म सडक हेरालुले सडक मर्मतसम्भार गर्नेछन्। दैनिक बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उनीहरू सडककै काममा खटिने गाउँपालिकाका सूचना अधिकारी धर्मराज गुरुङले बताए।

सडक हेर्नेलाई मासिक १७ हजार तीन सय १० रुपैयाँ तलब दिइएको छ। गाउँपालिकाका मुख्य नौवटा सडक हेर्ने गरी सडक हेरालु खटाइएको हो। हेरालुलाई गाउँपालिकाले बेल्चा, ठेलागाडा, गैँची, गमबुट, ज्याकेटलगायतका सामग्रीसमेत प्रदान गरेको छ । गाउँमै रोजगारी पाएपछि युवाहरूसमेत खुसी भएका छन्।

ad
ad