Skip This
ad
अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपतिद्वारा पुनः आफ्नो बचाउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका वासिङ्टन
२o८१ बैशाख २५ मंगलबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपतिद्वारा पुनः आफ्नो बचाउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:३८:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकी कदमको पुनः बचाउ गरेका छन्। अफगानिस्तानबाट सेना फिर्ता गरेर अमेरिकाले ठीक गरेको भन्दै बाइडेनले यो विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठाउन नसकिने बताएका हुन्।

'अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठीक गरेको छ। अमेरिकाले जे–जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्‍या, त्यो सही छ,' उनले भने। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उनले पहिले पनि आफ्नो निर्णयको बचाउ गरेका थिए। उनले पटक–पटक आफ्नो निर्णयमा आफू कटिबद्ध रहेको बताउँदै आएका छन्।

युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाको व्यापक आलोचना भइरहेको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर गएपछि १५ अगस्टमा नै तालिबान सत्तामा पुगेको छ। अमेरिकाले अवैज्ञानिक रूपमा आफ्नो सेना फिर्ता गर्दा अफगानिस्तानलाई तालिबानले कब्जा गरेको आरोप लगाइएको छ। तर, राष्ट्रपति बाइडेनले भने आफ्नो कदमलाई सही समयमा गरिएको उचित निर्णय बताउँदै आएका छन्।

अफगानिस्तानका तालिवान सशस्त्र विद्रोही पुनः सत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिक रूपमै अन्त्य भएको छ । बाइडेनले अफगानिस्तानको सेनाले आफ्नो देश कब्जा हुन नदिन देशका लागि लड्न नसकेको बताइरहेका छन्। अफगान सेनाले आफ्नो देशका लागि आफैँ लड्न नसकेकाले यस्तो अवस्था आएको उनको तर्क छ।

अमेरिकालाई साथ दिँदै आएका विश्वका कतिपय देशले अमेरिकाको यो निर्णयप्रति प्रश्न उठाउँदै आगामी दिनमा विश्वासको संकट हुन सक्ने बताएका थिए। अमेरिकी राष्ट्रपति बाइडेनले भने यो कसैले प्रश्न गर्ने विषय नभएको र अफगान मुद्दाका कारण आगामी दिनमा विश्वका आफ्ना गठनबन्धन सदस्यसँग अविश्वासको प्रश्न नै नआउने बताएका हुन्। रासस

ad
ad