१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १५:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि फेरि थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

अस्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ। यहाँको न्यु साउथ वेल्स राज्य सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो।

देशको सबैभन्दा धेरै जनसंख्या रहेको यस राज्यमा महमारीको प्रभाव पनि धेरै परेकाले थप सतर्कता बढाइएको छ। लकडाउनको समयावधि बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म लकडाउन कायम रहने भएको छ।

कतिपय क्षेत्रमा राति नाैदेखि बिहान पाँच बजेसम्म कर्फ्यु पनि लागू गरिएको सरकारी अधिकारीहरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर, अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीहरूको अनुमति र समन्वयमा हिँडडुल गर्न पाइने व्यवस्था गरिएको छ।

घरबाहिर गरिने शारीरिक व्यायाम दैनिक एक घन्टा मात्रै गर्न पाइने बताइएको छ। लकडाउन लागू गरिएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा शारीरिक कसरत गर्दाबाहेक अरू वेला मास्क अनिवार्य गरिएको छ। यो व्यवस्था पनि यही अगस्ट २३ देखि नै लागू हुनेछ।

सिड्नीको बृहत् क्षेत्र र आसपासका क्षेत्रमा लागू गरिएको लकडाउन यही अगस्ट २८ मा सकिन लागेको छ। तर, सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ।

न्यु साउथ वेल्स राज्यभर पछिल्लो २४ घन्टामा ६ सय ४४ नयाँ संक्रमित थपिएका र चारजनाको मृत्यु भएको विवरण सार्वजनिक भएकै वेला लकडाउनको समयावधि थप्ने निर्णय भएको हो। रासस