१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले नेपाल पक्षलाई दल दर्तापछि मात्रै कारबाही गरे एमाले चुप लागेर बस्दैन : विशाल भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

नेकपा एमालेले माधव नेपाल पक्षका १४ सांसदलाई तत्काल कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ। बिहीबार सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर एमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका सांसदहरूलाई तत्काल कारबाही गर्न माग गरेका हुन्।

सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए । नेता भट्टराईले अरू दलका नेतालाई तत्काल कारबाही गरे पनि ७२ घन्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ सांसदलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए। उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानुनी, गैरसंवैधानिक, बदनियत र नेकपा एमालेलाई जसरी पनि टुक्य्राउँछु भन्ने नियत रहेको बताए।

उनले नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेका भए नेकपा एमाले चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन्।