१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सन्दीपको सिपिएल खेल्ने सम्भावना न्यून

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१७:oo

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ। सिपिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सिपिएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए।

उनले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रूपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सिपिएल खेल्ने सम्भावना कमजोर बन्दै गएको उल्लेख गरे। सन्दीप सिपिएल २०२१ मा ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए।

सिपिएल अगस्ट २६ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुने तय भएको छ। नेपालले ओमानमा हुने आइसिसी विश्वकप लिग– २ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दै छ। त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ। त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले पपुवान्युगिनीसँग सेप्टेम्बर ५ र ८ तारिखमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। दुवै खेल ओमनमा नै हुनेछ। 

सन्दीपले यसअघि तीन सिजनको सिपिएल खेलिसकेका छन्। गत सिजन जमैका तलावाजबाट खेलेका उनले त्यसअघि सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए। रासस

ad
ad