मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २ बुधबार १३:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महन्थ ठाकुरको पार्टीको नाम जसपा लोकतान्त्रिक नेपाल, चुनाव चिह्न साइकल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार १३:३२:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै जसपा नेपालको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी थालेको छ।

ठाकुर पक्षले पार्टीको नाम जसपा लोकतान्त्रिक नेपाल र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ। यस्तै, पार्टी केन्द्रीय कार्यकारिणी समितिमा २३  र २४ जना रहने गरी दुईवटा प्रस्ताव तयार पारेको छ।

जेलमा रहेका रेशम चौधरीले आफ्नो नाम राख्ने विषयमा सहमति जनाएपछि २४ जनाको केन्द्रीय कार्यकारिणीको एउटा र उनी सनाखतमा उपस्थित नभएको खण्डमा २३ जनाको केन्द्रीय कार्यकारिणी बनाउने गरी दुईवटा प्रस्ताव तयार भएको नेता अकवाल मियाँले जानकारी दिए। चौधरी जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिमा पनि रहेका छन्।

मियाँले  अध्यादेश राजपत्रमा प्रकाशित भएर आएपछि आफूहरू आयोग जाने तयारीमा रहेको बताए ।