१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

देशभर ३,२७४ जना कोरोना संक्रमित थपिए, २७ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:३९:oo

पछिल्लो २४ घन्टामा देशभर तीन हजार दुई सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार चार सय ५६ र एन्टिजेन परीक्षणमा आठ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा ११ हजार पाँच सय ६५  जनाको पिसिआर परीक्षण र  ६ हजार एक सय २४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ३९ हजार आठ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।  मंगलबार एक हजार नौ सय २९ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार तीन सय ५४ पुगेको छ ।
 

ad
ad