१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बजारमा नक्कली स्मार्ट लाइसेन्स बिक्री, दुई अभियुक्त पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:२२:oo

बजारमा स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) पनि नक्कली बन्न थालेको छ। प्रहरीले नक्कली स्मार्ट लाइसेन्ससहित दुई अभियुक्त पक्राउ गरेपछि घटना पुष्टि भएको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सूचनाका आधारमा स्मार्ट लाइसेन्ससहित ललितपुर– २ बुङमतीका ४६ वर्षीय प्रेम तुलाधर र खोटाङ ऐंसेलुखर्क– ६ की ३१ वर्षीय कल्पना दाहाललाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई कागेश्वरी मनोहरा– ६ मूलपानीस्थित राइजिङ एक्सपोर्ट ड्राइभिङ सेन्टरबाट पक्राउ गरेको हो। 

तुलाधारले उनकै नाममा रहेको सवारीचालक अनुमितपत्र नम्बर ०१–००–९८५७६९५३ को नक्कली नगदी रसिद ट्राफिक प्रहरीले गरेको नियमित चेकिङका क्रममा दिएका थिए। शंका लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

अनुसन्धानका क्रममा उनले नक्कली स्मार्ट लाइसेन्स प्रयोग गरेको खुलेपछि  प्रहरीले तुलाधरसँग थप अनुसन्धान गरेको थियो। यस क्रममा दाहालले पनि नक्कली स्मार्ट लाइसेन्स प्रयोग गरेको खुलेपछि प्रहरीले उनलाई मूलपानीबाट पक्राउ गरेको थियो। दाहालको साथबाट गीताकुमारी ठकुरीको नाममा जारी सवारीचालक अनुमतिपत्र नं. ०१–०६–००६८३४३८ भएको नक्कली नगदी रसिद बरामद भएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन्।
 

ad
ad