१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख १९ बुधबार १३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अफगानिस्तानमा रहेका नेपालीबारे राप्रपाको चिन्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:५४:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीप्रति चिन्ता व्यक्त गरेको छ। आइतबार राप्रपाका तीन अध्यक्ष पशुपतlशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीबारे चिन्ता व्यक्त गरेका छन्। 

‘तालिवानी विद्रोहीहरूको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ,’ उक्त वक्तव्यमा भनिएको छ, ‘तसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरूको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।’

ad
ad