Skip This
ad
प्रदर्शनमा ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २६ बुधबार १३:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

प्रदर्शनमा ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:o७:oo

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाब दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ ।आइतबार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा नकाटेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो ।

युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षा भत्ता काट्नुपर्छ भनेर पत्र काट्दा नागरिक उड्ययन प्राधिकरण र त्यसअन्तर्गतको सिभिल इन्जिनियरिङ शाखाले जुन ठेकेदारले श्रमिकको सामाजिक सुरक्षा भत्ता काट्दैन त्यही ठेकेदारलाई ठेक्का दिने गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिएको बताएको छ ।

युनियनका केन्द्रीय कमिटी अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरिरहेकोले बाध्य भएर आफूहरू आन्दोलनमा उत्रनुपरेको बताए ।

ad
ad