मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ३० शनिबार
  • Thursday, 10 July, 2025
२o७८ श्रावण ३० शनिबार २१:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्राविधिक रूपमा प्रदेशको नेतृत्व गुमे पनि हामी जनताकै साथमा छौँ : शंकर पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ३० शनिबार २१:१८:oo

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नेतृत्वबाट आफू प्राविधिक रूपमा बाहिरिए पनि जनताकै साथमा रहेको बताएका छन् ।

मुख्यमन्त्रीबाट बाहिरएपछि पहिलोपटक शनिबार गृहजिल्ला दाङ आएका पोखरेलले घोराहीमा स्थापना गरिएको सहिद नेत्रलाल आभागीको सालिक अनावरण गर्दै यस्तो बताएका हुन् । ‘चुनावबाट दाङले प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त गरेको थियो’ उनले भने, ‘अवसरवादका कारण, स्वार्थी राजनीतिका कारणले त्यो नेतृत्व हामीले गुमाएका छौँ । प्राविधिक रूपमा नेतृत्व गुमे पनि जनताको मन, आस्था र विश्वासको नेतृत्व कायम राखेका छौँ ।’ 

प्रदेशको संस्थापक मुख्यमन्त्रीका हिसाबले आफूले तयार पारेका संरचनाहरू कसैले पनि भत्काउन नसक्नेसमेत उनले बताए । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका उनले अहिलेको परिणाम प्रचण्डको जनयुद्धको वेलाको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति नै रहेको बताए । 

‘प्रचण्डले जनयुद्धका वेलाको ढाडमा टेकेर टाउकोमा हान्ने नीति अझै छोड्नु भएको रहेनछ’,उनले भने, ‘उहाँले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो, आजको परिणाम त्यसकै पुष्टि हो ।’

नेतृत्वको अस्थिरता, अवसरवाद र महŒवाकांक्षाले नै नेपालको राजनीति यो अवस्थामा आएको बताए । उनले अबको राजनीति दुई ध्रुवमा अघि बढेकोसमेत बताए । ‘एउटा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान, विकास, समृद्धिको कुरा गर्छ, अर्को सरकारमा रहेको राजनीतिक मोर्चा हो, जो न सिद्धान्त छ, न नीति, कार्यक्रम छ’ उनले भने ‘कुण्ठा, अवसरवाद, प्रतिशोधको भावना मात्रै छ, यी ध्रुवमध्ये जनताले कुन ध्रुव रोज्ने भन्ने कुरा हो ।’