मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतमा गोली चल्दा आक्रमणकारीसहित ६ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

बेलायतको डेभन काउन्टीमा पर्ने प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित ६ जनाको मृत्यु भएको छ। घटनामा परी ज्यान गुमाउनेमा तीनजना महिला, दुईजना पुरुष र एक आक्रमणकारी रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले उक्त घटना आतंकवादी हमलासँग सम्बन्धित नभएको पनि बताएको छ। घटनाकी प्रत्यक्षदर्शी श्यारनले भनिन्, ‘एकजना मानिसले एउटा घरको ढोकामा लात्ताले हानी अन्धाधुन्धा गोली चलाउन सुरु गर्‍याे। ऊ फेरि गोली चलाउँदै उक्त घरबाट निस्कियो र लिनियर पार्कमा भएका मानिसहरूतिर लक्षित गर्दै गोली चलाउन थाल्यो। यसरी यस्तो डरलाग्दो र निकै दुःखद घटना घट्यो।’ 

घटनामा १० वर्षभन्दा मुनिको एक बच्चाको ज्यान गएको भन्दै प्लाइमाउथ सटन एन्ड डेभोनपोर्टका सांसद ल्युक पोलार्डले भने, ‘यो अकल्पनीय, भयानक र बिलकुल विनाशकारी छ।’

सो घटनाबारे प्रतिक्रिया दिँदै गृहमन्त्री प्रीति पटेलले प्लाइमाउथ घटनाले स्तब्ध बनाएको भन्दै सबैजना शान्त भएर प्रहरीको सुझाब पालना गर्न आग्रह गरेकी छिन्।