१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण २७ बुधबार १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकवि देवकोटाको घरको मुद्दामा विपक्षी झिकाउन आदेश  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार १७:o८:oo

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएकोविरुद्धको मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको छ। अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको रिटमाथि बुधबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यस्तो आदेश दिएको हो।  

रिटमा अहिलेसम्म भत्काइएको संरचनालाई थप क्षति नपुर्‍याउन अन्तरिम आदेश माग गरिएको थियो। साथै भत्काएर नयाँ बनाउन लागिएको संरचनामा त्रुटि रहेको र तयार भएको डिजाइनअनुसारको संरचनाले मौलिकता जोगाउन नसक्ने जिकिर गरिएको छ।