Skip This
साहस ऊर्जाको आइपिओ निष्कासन हुँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार o८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साहस ऊर्जाको आइपिओ निष्कासन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o८:११:oo

साहस ऊर्जा कम्पनीको साधारण सेयर (आइपिओ) निष्कासन हुने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट निष्कासन गर्ने अनुमति पाएसँगै यही साउन २९ गतेबाट सर्वसाधारणका लागि निष्कासनको आवेदनसमेत खुला गरेको छ ।

कम्पनीको जारी पुँजी ३ अर्ब ५० करोडमध्ये अर्थात् ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँबराबरको हुन आउने १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । त्यसमध्ये १० प्रतिशत अर्थात् ३५ करोड रुपैयाँबराबरको १ सय अंकितदरले ३५ लाख कित्ता सेयर कम्पनीको आयोजनास्थल सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । 

त्यस्तै, २० प्रतिशत अर्थात् ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ भने ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बाँकी रहेको ५ प्रतिशत सेयर ३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ । कम्पनीले ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धन एनआइबिएल एस क्यापिटलले गर्ने भएको छ ।

ad
ad