१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जुम्लाको मार्सी चामलबाट बनेको ‘मार्सी’ बियर बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:५o:oo

हिमाली भेग जुम्लामा फलेको मार्सी चामलबाट बनेको ‘मार्सी’ बियर बजारमा आएको छ । टाइगर्स ब्रुअरीले मार्सी बियर बजारमा ल्याएको हो । यो बियर नेपालका सबैजसो सहर–बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकको चाहना र मागअनुसार मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी भ्mयाप गरी तीन प्रकारका बियर बजारमा ल्याएको कम्पनीको भनाइ छ । 

मार्सी बियर नेपाली उत्पादन भएकाले नेपाललाई माया गर्नेले यो बियरलाई पनि माया गर्ने कम्पनीको अपेक्षा छ । त्यस्ता व्यक्तिको पहिलो रोजाइमा मार्सी बियर पर्ने कम्पनीको भनाइ छ । यो बियर अन्य बियरभन्दा फरक स्वादको भएको र ग्राहकको आवश्यकताअनुसार ३ सय ३० र ६ सय ५० मिलिलिटरको बोतलमा उपलब्ध रहेको जनाइएको छ । 

 विशेषता 
यो बियर रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ । साधारणतया, रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादको हुने हुनाले त्यसमा अन्नको स्वाद आउँदैन ।

तर, मार्सी बियरले ‘नेपाली माटोको स्वाद’ अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो बियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको कम्पनीको दाबी छ ।

जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानालाई रोस्ट गरिएका कारण मार्सी बियरको स्वाद बजारमा उपलब्ध अन्य बियरभन्दा निकै स्वादिलो र लामो समयसम्म मुखमा स्वाद रहिरहने प्रमाणित भएको कम्पनीले जनाएको छ । 

ad
ad