१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २६ मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २६ मंगलबार o७:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको काउन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २६ मंगलबार o७:३८:oo

कीर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काउन्टर सञ्चालनका साथै नगरपालिका परिसरमा बगैँचा निर्माण गरिदिएको हो ।

काउन्टरको नगरपालिकाका मेयर रमेश महर्जनले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर महर्जनले बैंकले उपलब्ध गराउने सेवाहरूले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थिति सक्षम–सबल बनाउनमा विशेष महत्व खेलेको भन्दै आगामी दिनमा स्थानीयबासीको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलब्ध गराउने अपेक्षा व्यक्त गरेका थिए । नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टरको स्थापना गरी राजस्व संकलन कार्य तथा बैंकिङ सेवाका लागि सहज हुने उनको भनाइ थियो । 

उक्त नगरपालिका परिसरमा राखिएको एटिएम मेसिन तथा ढुंगेधारासहितको बगैँचा उद्घाटन पनि नगरप्रमुख महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका थिए । एटिएम तथा बगैँचा उद्घाटनपछि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले उपलब्ध गराएका सेवाहरूको पूर्ण उपभोग गर्न सर्वसाधारणलाई आग्रह गरेका थिए । बैंकले भविष्यमा थप सेवाहरू सञ्चालन गर्ने उनले बताए ।