१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या होइन, हाम्रो भूमि हो : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १९:४७:oo

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको साझा न्यूनतम कार्यक्रममा भनिएजस्तो लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या नभई नेपाली भूमि भएको बताएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘गत वर्ष संसदले सर्वसम्मतिबाट कालापानी, लिपुलेक, लिम्बियाधुरा हाम्रो भूभाग हो भनेर संविधान संशोधन ग¥यो । सरकारले भूभाग समेटेर नक्सा प्रकाशित ग¥यो, त्यो नक्सालाई संविधानमा समेटियो । ती भूभाग हाम्रा हुन्, वार्ताबाट ती भूभाग हाम्रो कायम गर्छौँ भन्नुपर्नेमा गठबन्धनले समस्या हो, समाधान गर्छौँ भनेबाट सरकार कता जाँदै छ भन्ने स्पष्ट भएको छ ।’ 

ज्ञवालीले वर्तमान सरकारलाई दक्षिणपन्थी शक्तिले नेतृत्व गरेको अवसरवादी सरकारको संज्ञा दिएका छन् । सरकारले जनताको हितमा काम गर्ने अपेक्षा नै नभएको उनको भनाइ छ । 

ज्ञवालीले पूर्ववर्ती सरकारले एक करोड ६० लाख डोजभन्दा बढी खोप सुनिश्चित गरेर छाडेको बताउँदै वर्तमान सरकारले भएको खोप पनि ठीक ढंगले लगाउने काम गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘दिनभर लाइनमा लागेर वृद्धवृद्धा बाआमा साँझ खोप नलगाई फर्कनुपरेको अवस्था छ । होटेल, रेस्टुरेन्ट र नेताहरूको आवासहरूमा खोपहरू भेटिने लज्जास्पद घटनाहरू देखिएका छन् ।’ 

महिना दिन हुँदासमेत सरकारलाई पूर्णता दिन नसकेको भन्दै वर्तमान सरकारबाट जनताले अपेक्षा नै नगरेको उनले टिप्पणी गरे । उनले भने, ‘यो सरकार परमादेशबाट आएको हो, जनादेशबाट होइन, जसको जन्मेदेखि नै खस्रा पातहरू देखा पर्न थालिसकेका छन् । बनाउने कुराभन्दा भत्काउने कुराबाट यसको यात्रा सुरु भएको छ ।’

ज्ञवालीले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयको बैठकले निन्दा गरेको बताए । निर्णय सच्याउन दबाब दिने नीति एमालेले लिएको उनले जानकारी दिए ।

ad
ad