१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जसपा खारेजीबारे सर्वोच्चले दिएन अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:oo:oo

जनता समाजवादी पार्टी (जसपा)लाई खारेज गरेर दर्ताअघिकै अवस्थामा फर्काउन सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता राजकुमार थापालगायतको रिटको न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मलता माथेमाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

रिटमा जसपाको एकता प्रक्रियामा नै त्रुटि रहेकाले एकताअघिकै अवस्थामा फर्काउन माग गर्दै अन्तरिम आदेश माग गरिएको थियो । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल मिलेर बनेको जसपाको एकता प्रक्रिया विधिसम्मत नरहेकोले खारेजी हुनुपर्ने रिट निवेदकको माग रहेको छ ।

ad
ad