१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७८ श्रावण २४ आइतबार १८:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुँदै बार्सिलोनाबाट बिदा भए मेस्सी

Read Time : < 1 मिनेट
२०७८ श्रावण २४ आइतबार १८:४५:००

लियोनल मेस्सी भावुक भएर ‍बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार बार्सिलोना कप्तान तथा फरवार्ड मेस्सी पत्रकार सम्मेलनमै भावुक भएका थिए ।

बिदा हुँदै गर्दा उनले आफ्नो चाहना  क्लब छाड्न नरहेकोसमेत प्रस्ट पारे । अब बार्सिलोनामा मेस्सीको एक युग समाप्त भएको छ ।

अब मेस्सी र बार्सिलोनाबीच केवल केही प्राविधिक पक्ष मात्र बाँकी छ । यसबाहेक बार्सिलोना र मेस्सीबीचको सम्बन्ध सधैँका लागि टुटेको छ । बार्सिलोनाका अध्यक्ष लापोर्टाले अघिल्लो कार्यसमितिको केही गल्तीका कारण नै मेस्सीलाई क्लबमा राख्न नसकेको आरोप लगाएका छन् ।