१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरमा ९२ प्रतिशत विद्यालय भवन पुनर्निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२३:oo

१२ वैशाख ०७२ को भूकम्पका कारण क्षतविक्षत भएका मकवानपुरका ९२ प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको छ । ६ वर्षकाे अवधिमा जिल्लामा क्षति भएका चार सय नौमध्ये तीन सय ७५ अर्थात् ९१.६८ प्रतिशत विद्यालय भवन पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले जनाएको छ । गत आर्थिक वर्ष  ०७७/७८ सम्म जिल्लाभित्र कुल तीन सय ७५ विद्यालयको एक हजार ६ सय ६५ कक्षाकोठा  निर्माण गरिएको हो । 

विद्यालय पुनर्निर्माण तीनवटा मोडालिटीमा गरिएको इकाइ प्रमुख बद्री पाठकले जानकारी दिए । उनका अनुसार पुनर्निर्माणमध्ये व्यवस्थापन समितिमार्फत तीन सय १३, संस्थाको सहजीकरणमा ३२, जापान सरकारको ऋण सहयोग (जाइका) र एसियाली विकास बैंक (एडिबी)का तर्फबाट ३४ छन् । विद्यालयमा कक्षाकोठाबाहेक एक सय ४९ विद्यालयमा शौचालय र ८४ विद्यालयमा खानेपानी व्यवस्थापन गरिएको छ ।

पहिलो मोडालिटीमा व्यवस्थापन समितिमार्फत तीन सय १३ विद्यालय भवनको एक हजार २६ कक्षाकोठा, एक सय ४९ शौचालय र ८४ विद्यालयको खानेपानी कार्यक्रम रहेको छ । तीमध्ये आव ०७३/७४ मा ६८ विद्यालय भवनका दुई सय २० कक्षाकोठा र ०७४/७५ मा ६८ विद्यालय भवनका दुई सय २० कक्षाकोठा निर्माण गरिएको थियो । आव ०७५/७६ पहिलो मोडालिटी नुसार ६५ विद्यालय भवनका दुई सय कक्षाकोठा, ०७५/७६ मै दोस्रो मोडालिटी अनुसार ५१ विद्यालय भवनका एक सय ५३ कक्षाकोठा र ७० शौचालय निर्माण गरिएको तथ्यांकमा उल्लेख छ । 

३४ विद्यालय भवन निर्माणाधीन
गत आर्थिक वर्ष ०७७/७८ पुनर्निर्माण थालिएका ३४ विद्यालय भवन निर्माणाधीन अवस्थामा छन् । मकवानपुरका ३४ विद्यालयका दुई सय ८२ कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको जिल्ला आयोजना कार्यान्वय इकाइ (शिक्षा)ले जनाएको छ । हाल एडिबीको ऋण सहयोगमा थप चार विद्यालय निर्माणका लागि बोलपत्र प्रक्रियाको सूचना प्रकाशन भइसकेको छ । 

जाइका र एडिबीका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत ठेक्का सम्झौता भएका गरी ५६ विद्यालयका सात सय कक्षाकोठा बोलपत्र प्रक्रियाबाट चालू आव ०७८/७९ मा निर्माण सुरु गर्ने क्रममा छ । त्यस्तै संघसंस्थाका तर्फबाट स्थायी प्रकृतिका जम्मा ३२ विद्यालयमा दुई सय २१ कक्षाकोठा निर्माण भएको थियो । 

ad
ad