१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकका एकै दिन ६ नयाँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:o२:oo

मेगा बैंक नेपाल लिमिटेडले एकै दिन ६ नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी ६ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।  

प्रदेश नम्बर १ मा सुनसरीको इटहरी उपमहानगरपालिकाको लबिपुर, बागमती प्रदेशमा नुवाकोटको विदुर नगरपालिकाको बट्टार, चितवनको भरतपुर महानगरपालिकाको विकास चोक तथा भरतपुर हाइटमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशको नेपालगन्ज उपमहानगरपालिकाको कारकाँदो तथा सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी उपमहानगरपालिकाको एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए । नयाँ शाखासँगै बैंकका शाखा संख्या १ सय ८४ पुगेको र निकट भविष्यमै थप १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ ।  

ad
ad