१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रियलमीको वाच ‘एस’ बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo

स्मार्ट फोन कम्पनी रियलमीले नेपाली बजारमा एआइओटी उत्पादनअन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ । यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी हो । 

३.३ सेमिको रंगिन टचस्क्रिन रहेको यसलाई पाँच तहको अटो ब्राइटनेसलाई समर्थन गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो घडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्ने जनाइएको छ । हप्ताको सातै दिन र चौबिसै घन्टा स्वास्थ्य सहायक ट्रेन्डसेटिङ स्मार्ट घडीका रूपमा यसले आफ्नो उपस्थिति जनाएको कम्पनीको दाबी छ । नेपाली बजारमा यसको मूल्य १० हजार रुपैयाँ तोकिएको छ । 

ब्राइट स्क्रिन र प्रिमियम बनावट

यो घडीमा ३.३ सेमिको टचस्क्रिनसहित रंगिन ३६० गुणा ३६० पिक्सेल (२७८ पिपिआई) रिजोलुसनको रहेको जनाइएको छ । यो घडी प्रतिक्रियाशील टचस्क्रिनका कारण आकर्षक रहेको कम्पनीले जनाएको छ । यसमा ५ तहको स्वचालित ब्राइटनेस स्क्रिन रहेको र उच्चस्तरमा ब्राइटनेस ६ सय निटसम्म पुग्न सक्ने जनाइएको छ । त्यसैले घाममा पनि यो घडी स्पष्ट रूपमा हेर्न सकिने कम्पनीको दाबी छ ।

यसको बडी ६०६३ आलमुनियम अलोयबाट बनेकाले मजबुत र कम तौलको रहेको जनाइएको छ ।  यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेकाले टिकाउ, नरम र स्किन– फ्रेन्ड्ली रहेको जनाइएको छ । कालो, नीलो, हरियो र सुन्तला रङमा यसका स्ट्रापहरू उपलब्ध छन् । २.५ डी कर्निङ गोरिल्ला ग्लास रहेको यो निर्बाध र अधिक सहज टच प्रदान गर्ने कम्पनीले जनाएको छ । 

२४/७ स्वास्थ्य सहायक 

स्वास्थ्य सहायकका रूपमा रियलमी वाच ‘एस’ स्मार्ट घडीमा पिपिजी अप्टिकल हृदयदर सेन्सर रहेको जनाइएको छ । जसले हरेक समय मुटुको धड्कन मापन गरिरहेको हुन्छ । यो घडीले मुटुको वास्तविक गति मापनका साथै शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्ने जनाइएको छ । हृदयको गति उच्च वा न्यून भयो भने यसले सतर्क गराउने कम्पनीको दाबी छ । यसले १६ स्पोर्टस् मोड समर्थन गर्नेमा रक्त–अक्सिजन मूल्यांकन, सक्रियता क्षमता परीक्षण, शुद्ध दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यासलगायतका सूचना ठीक ढंगमा जानकारी दिने काम गर्ने कम्पनीको दाबी छ ।  

स्मार्ट फोन सञ्चालन 

यो घडीबाटै स्वचालित रूपमा फोन अनलक गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । संगीत सुन्न अथवा फोनको क्यामरा अन गर्न पनि यो घडीलाई रिमोर्ट कन्ट्रोलका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ । यसका साथै घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउने, कल उठाउन र काट्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । 

ad
ad