१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण १६ शनिबार १६:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण १६ शनिबार १६:४५:००

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चुनिएका छन् । शनिबार सिंहदरबारको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हाे । 

जसपाका नेता महेन्द्र राय यादवको समर्थन र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्तावमा यादव संसदीय दलको नेता चुनिएका हुन् । 

बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रिय सभाका दुई सांसद उपस्थित थिए ।

निर्वाचन गराउनसमेत तयार रहेपनि सहमतिमै नेता चयन भएको निर्वाचन समितिका नवराज सुवेदीले जानकारी बताए । निर्वाचन समितमा सुवेदीसँगै सुशीला श्रेष्ठ र रमेशप्रसाद यादव थिए ।