१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका ओखलढुंगा
२o८१ बैशाख २३ आइतबार १३:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओखलढुंगामा १६ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:१३:oo

ओखलढुंगामा १६ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा दुई चरण गरेर भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको हो । 

जिल्लामा पहिलो चरणमा साउन १७ र १८ गते भेरोसेलको पहिलो मात्रा ५५ वर्षभन्दा माथिका नागरिक, सार्वजनिक सवारीका चालक, सहचालक र निजामती कर्मचारीलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।  

यो चरणमा भेरोसेल खोप १० हजार जनालाई लगाउने लक्ष्य रहेको उनको भनाइ छ । जिल्लामा साउन २४ र २५ गते  ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोन्सन एन्ड जोन्सन खोप लगाइनेछ । उक्त खोप ६ हजार जनालाई लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।

ad
ad