Skip This
स्वास्थ्य राज्यमन्त्रीकाे दाबी– थप डेढ करोड खोप किन्दै छाैँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्वास्थ्य राज्यमन्त्रीकाे दाबी– थप डेढ करोड खोप किन्दै छाैँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:११:oo

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्ध डेढ करोड खोप खरिद गर्न लागेको बताएका छन् । उनले खोप खरिद र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको भन्दै सरकार तेस्रो लहरको तयारीमा जुटिसकेको बताएका हुन् ।

उनले खरिद गरिएकोमध्ये आठ लाख डोज खोप तत्काल आउन लागेको र एक सातामा थप १६ लाख खोप आउन लागेको पनि उल्लेख गरे । रोटरी क्लब काष्ठमाण्डपद्वारा शुक्रबार आयोजित सम्मान कार्यक्रममा उनले भने, ‘१२ वर्षभन्दा माथिका सबै नेपालीलाई करिब पाँच करोड ५० लाख डोज खोप जरुरी रहेकाले त्यसको व्यवस्थापनमा म सक्रिय छु । खोप व्यवस्थापन गर्न सक्छु भन्ने हिम्मतसाथ काम गरिरहेको छु ।’

राज्यमन्त्री श्रेष्ठका अनुसार हालसम्म नेपालमा भारत, चीन र अमेरिकाबाट ९७ लाख डोज खोप आइसकेको छ । हाल सात लाख खोप मौज्दात रहेकोमा लगाउने कार्य धमाधम भइरहेको छ ।

‘अब हाम्रो प्राथमिकतामा अग्रमोर्चामा रहेर काम गर्नेहरू हुन्छन् । खुद्रा व्यापारी, पर्यटन क्षेत्रका मानिसहरू, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालयका स्टाफ, सार्वजनिक गाडीका चालक, सहचालकलगायत हुनेछन्,’ श्रेष्ठले भने ।

अर्को प्रसंगमा राज्यमन्त्री श्रेष्ठले निजी संघसंस्थामा आफ्नो आबद्धता अहिले परित्याग गरेको बताए । उनले गैरनाफामूलक र सामुदायिक स्वास्थ्य संस्था स्थापनाका लागि आफू सक्रिय भएको, तर सञ्चारमाध्यमले आफूलाई बुझ्न नसकेको पनि गुनासो गरे । आगामी एक सय दिनको कार्ययोजना तयार गरिरहेको पनि उनले जानकारी दिए । खोप आइसकेपछि पनि आपूर्ति प्रणाली र व्यवस्थापकीय सुधार हुन नसकेको भन्दै अहिले आफू त्यसमै केन्द्रित रहेको श्रेष्ठले बताए ।

ad
ad