मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १३ बुधबार १७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारमा सहभागी हुन माधव नेपाललाई सांसदहरूको दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १३ बुधबार १७:३९:००

एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीनिकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै प्रतिक्रिया नदिएको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई विश्वासको मत नदिएका नेपालनिकट सांसदहरू भने एमाले एकताको अभियानमा लागेका छन् ।

बुधबार मात्रै नेपालले सत्तागठबन्धनको बैठकले नेता डा. विजय पौडेललाई पठाएका थिए । गठबन्धन बैठकले ढिलो नगरी मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष निकालेको छ ।